PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'पार्टी इज् ओभर फर पीएम' : राजिनामा दिन बेलायती प्रधानमन्त्री जोनसनमाथि दबाव



पहिलोपोस्ट

'पार्टी इज् ओभर फर पीएम' : राजिनामा दिन बेलायती प्रधानमन्त्री जोनसनमाथि दबाव
Photo: Daily Mail

बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधवार त्यहाँको संसदमा आफ्नो बचाउ गर्न उभिँदै छन्। उनीमाथि कोभिड-१९ को पहिलो लकडाउनमा लकडाउनसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ।

प्रधानमन्त्री जोनसनले पहिलो लकडाउनको समयमा प्रधानमन्त्री निवासमा 'ब्रिङ योर ओन बुज'पार्टी आयोजना गरेको कुरा बाहिरएपछि उनी माथि विपक्षी सांसदहरुले नियम उल्लंघन गरेको भन्दै राजिनामा मागिरहेका छन्। त्यस्तै उनकै पार्टीका केही सांसदहरुले पनि उनले राजिनामा दिनुपर्ने बताउन थालेका छन्।

उनले आफ्नै सरकारले भाइरस रोकथामका लागि ल्याएको कडा कानुनको उल्लंघन गरेको पाइए उनले राजिनामा दिनुपर्ने उनकै पार्टीका सांसदहरुले बताइरहेको रोयटर्सले जनाएको छ।

सन् २०१९ मा सत्तामा आएका उनले २०२० को मे २० मा डाउनिङ स्ट्रिटमा भएको पार्टीमा सहभागी थिए की थिएनन् भन्ने खोल्न चाहेका छैनन्। 

प्रधानमन्त्रीसँगै उनकी पार्टनर डाउनिङ स्ट्रिटको बगैँचामा आफ्ना निजी सचिव मार्टिन रेनोल्डसहितका चालिस कर्मचारीलाई राखेर 'जोडी बाँधे'काथिए। 

प्रधानमन्त्री जोनसनका प्रवक्ताले यस विषयमा निरन्तर रुपमा प्रतिक्रिया दिन अस्वीकार गरिरहेका छन्।  

संसदमा बुधवार उपस्थित हुँदै गरेका उनलाई सांसदहरुले एउटै मात्र प्रश्न सोध्ने छन्- उनी रक्सी पार्टीमा सहभागी थिए की थिएनन्?

बुधवारका अधिकांश बेलायती पत्रिकाहरुले बोरिस जोनसनले आयोजना गरेको पार्टीको विषयमा पहिलो पृष्ठमा नै समाचार प्रकाशित गरेका छन्। 

डेली मेलले- 'इज पार्टी ओभर फर पीएम?' शीर्षकमा कभर स्टोरी गरेको छ। त्यस्तै गार्डियनले प्रधानमन्त्री यतबेला तिब्र दबावमा रहेको उल्लेख गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell