PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

एकैदिन ३०७५ जनामा देखियो संक्रमण, काठमाडौं उपत्यकामा ६ हजार बढी सक्रिय संक्रमित



पहिलोपोस्ट

एकैदिन ३०७५ जनामा देखियो संक्रमण, काठमाडौं उपत्यकामा ६ हजार बढी सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण देखिएको छ। यस्तै, २७८ जना संक्रमण मुक्त भएका हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ।

सक्रिय संक्रमित मध्ये उपत्यकामा ६ हजार ६३२ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौंमा ४ हजार ५११ जना, ललितपुरमा १ हजार २९६ जना र भक्तपुरमा ८२५ जना रहेका छन्।

संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ६०९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा २ लाख १४ हजार ५७ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell