PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सिंहदरबार प्रवेशमा सरकारले गर्‍यो कडाइः सबै प्रकारका पास र परिचयपत्र रद्ध, अब कसरी पाइन्छ प्रवेश?



पहिलोपोस्ट

सिंहदरबार प्रवेशमा सरकारले गर्‍यो कडाइः सबै प्रकारका पास र परिचयपत्र रद्ध, अब कसरी पाइन्छ प्रवेश?

काठमाडौँः सरकारले कोरोना संक्रमण जोखिम बढेसँगै सिंहदरबार प्रवेशमा समेत कडाइ गरेको छ।

सिंहदरबारमा कार्यालय रहेका मन्त्रालय, निकाय, आयोग कार्यालय सबैबाट जारी सबै प्रकारका परिचयपत्र अर्को सूचना जारी नभएसम्मका लागि खारेज गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयको समन्वयमा आवश्यकता अनुसार नयाँ परिचयपत्र जारी गर्न पनि गृह मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने जनाइएको छ।

गृह प्रवक्ता प्रदीपकुमार कोइरालाले सबै प्रकारमा पास रद्द भएको जनाएका छन्।

विज्ञप्ति अनुसार सरसफाइका कर्मचारीका हकमा भने यसअघि जारी भएका पास र अस्थायी परिचय पत्रकै आधारमा प्रवेश दिइने छ।

सञ्चारकर्मीको हकमा सूचना तथा प्रसारण विभागको परिचयपत्रलाई अनिवार्य गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell