PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, यी हुन् एजेण्डा



पहिलोपोस्ट

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, यी हुन् एजेण्डा

काठमाडौँः निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनसँगै अन्य निर्वाचनको तयारीबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएको छ। आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा समेत प्रतिनिधित्व गर्ने दलहरुलाई शुक्रबार छलफलमा बोलाएको प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए।

राष्ट्रियसभा निर्वाचन माघ १२ गते हुँदैछ। कानुनी समयसीमा अनुसार आयोगले वैशाख ५ भित्र स्थानीय तहको निर्वाचन गरिसक्ने योजना अनुसार तयारी थालिसकेको छ।

प्रवक्ता पौडेलले सर्वदलीय बैठकको एजेण्डामा राष्ट्रियसभाको निर्वाचनसँगै स्थानीय तहको निर्वाचन तयारी पनि रहेको बताए। साथै, मतदाता नामावलीको अभियानबारे पनि दलहरुसँग आयोगले परामर्श गर्न लागेको हो।

‘राष्ट्रियसभा तथा स्थानीय तह निर्वाचनबारे छलफल गर्न खोजिएको हो। दलहरुको सहभागिता र राय सुझाव के छ भनेर बुझ्न बैठक बोलाइएको छ। मतदाता नामावली संकलनलाई हामीले अभियानका रुपमा अघि बढाएका छौँ त्यसमा सहयोग गर्नुस् भनेर पनि हो आग्रह गर्न लागिएको हो’, प्रवक्ता पौडेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell