PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा



पहिलोपोस्ट

बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

स्पेनिस सुपर कप अन्तर्गत गएराति सम्पन्न सेमिफाइनल खेलमा बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ। साउदी अरबको रियाद स्थित किङ फहद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा रियलले बार्सिलोनालाई ३-२ गोलअन्तरले हराएको हो।

खेलको २५ औं मिनेटमै भिनिसियस जुनियरको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो। उता बार्सिलोना लुक डी जोङले ४१ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा करिम बेन्जेमाको गोलमा रियलले फेरि खेलमा अग्रता बनायो। उनले ७२ औं मिनेटमा गोल गरेका थिए। यसपटक अंशु फाटीले ८३ औं मिनेटमा गोल गर्दै खेल फेरि बराबरीमा ल्याए। र, खेल अतिरिक्त समयमा पुग्यो। जसमा फेडेरिको भालभर्डेले ९८ औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरे।

फाइनमा मड्रिड बिहावार हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। जसमा एट्लेटिको मड्रिड र एट्लेटिक बिल्बाओ प्रतिस्पर्धा गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell