PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

टोटेनहमलाई हराउँदै चेल्सी फाइनलमा



पहिलोपोस्ट

टोटेनहमलाई हराउँदै चेल्सी फाइनलमा

टोटेनहम हट्सपरलाई हराउँदै चेल्सी कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ। गएराति टोटेनहमको घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा १-० जित निकालेको चेल्सी समग्रमा ३-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो। अघिल्लो लेगमा चेल्सीले टोटेनहमलाई २-० ले हराएको थियो।

दोस्रो लेगमा पनि चेल्सीलाई जित दिलाउन एन्टोनियो रुडिगरको गोल निर्णायक बन्यो। उनले खेलको १८ औं मिनेटमा म्यासन माउन्टले कर्नरबाट दिएको क्रसमा गोल गरेका थिए।

चेल्सीले अब फाइनलमा लिभरपुल या आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell