PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रधानमन्त्री कपमा आज चार खेल



पहिलोपोस्ट

प्रधानमन्त्री कपमा आज चार खेल
फाइल फोटो; क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज ४ खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दुई खेल र मुलपानी क्रिकेट मैदानमा दुई खेल गरी कुल चार खेल हुनेछन्।

आज कीर्तिपुरमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश ९ बजेबाट प्रतिस्पर्धामा उत्रँदैछन्। त्यस्तै दिउँसो १ बजे प्रदेश दुई र लुम्बिनी प्रदेश आमनेसामने हुनेछन्।

त्यस्तै मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ पहिलो खेलमा आमनेसामने हुनेछन् भने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भिड्नेछन्।

अंकतालिकाका को अघि

समूह ए: त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, प्रदेश १

समूह बी: नेपाल एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश

समूह ए मा लगातार दुई खेलमा जित निकालेको नेपाल पुलिस क्लब ४ अंक जोड्दै शीर्षस्थानमा छ। भने दोस्रो स्थानमा २ अंक जोडेको त्रिभुवन आर्मी क्लब छ। पुलिसले आफ्नो पहिलो दुई खेलमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबलाई हराएको थियो भने आर्मी कर्णाली प्रदेशलाई हराउँदा पुलिससँग पराजित भएको थियो।

समुह बी मा लगातार दुई खेलमा जित निकालेको एपीएफ शीर्षस्थानमा छ। एपीएफले आफ्ना सुरुवाती दुई खेलमा प्रदेश २ र वाग्मती प्रदेशलाई हराएको थियो। त्यस्तै २ अंक जोडेर दोस्रो स्थानमा रहेको वाग्मतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराउँदा दोस्रो खेलमा एपीएफसँग पराजय ब्यहोरेको थियो।

अंकतालिका

३० गते ४ खेल

कर्णाली प्रदेश भर्सेस नेपाल पुलिस क्लब (कीर्तिपुर)

प्रदेश २ भर्सेस वाग्मती प्रदेश (कीर्तिपुर)

सदूरपश्चिम प्रदेश भर्सेस त्रिभुवन आर्मी क्लब (मुलपानी)

लुम्बिनी प्रदेश भर्सेस नेपाल पुलिस क्लब (मुलपानी)

माघ १ गते २ खेल

प्रदेश १ भर्सेस नेपाल पुलिस (कीर्तिपुर)

वाग्मती भर्सेस गण्डकी प्रदेश (कीर्तिपुर)

माघ २ गते २ खेल

सदूरपश्चिम प्रदेश भर्सेस प्रदेश १ (कीर्तिपुर)

लुम्बिनी प्रदेश भर्सेस गण्डकी प्रदेश (कीर्तिपुर)

माघ ३ गते रेस्ट डे

माघ ४ गते सेमिफाइल

समूह ए को विजेता भर्सेस समूह बी को उपविजेता

समूह बी को उपविजेता भर्सेस समूह ए को विजेता

माघ ५ गते फाइनल

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell