PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

कोरोनाविरुद्धको खोप क्रेज बढ्यो ह्वात्तै, टेकुमा बिहानै यस्तो देखियो खोप लगाउनेको लाइन

कोरोनाविरुद्धको खोप क्रेज बढ्यो ह्वात्तै, टेकुमा बिहानै यस्तो देखियो खोप लगाउनेको लाइन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सरकारले चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने भने पनि पछिल्लो समय खोप कार्यक्रम सुस्त बनेको थियो। ओमोक्रन र कोभिड-१९ को तेस्रो लहरको त्राससँगै सार्वजनिक सेवादेखि होटल फिल्मसम्म खोप कार्ड अनिवार्य लागू गर्ने सरकारी निर्णयसँगै सर्वसाधारण खोप केन्द्रमा ओइरिन थालेका छन्।

काठमाडौंको टेकुमा बिहीवार बिहान यस्तै देखियो। बिहानैबाट मानिसहरु खोपका लागि लाइनबद्ध देखिन्थ्यो। खोप प्रशस्त भए पनि सर्वसाधारणलले लगाउन रुचि नदेखाएपछि सरकारले खोप कार्ड अनिवार्य गरेको बताइन्छ। पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाका तोकिएका अस्पतालमा खोप सजिलै पाउन सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell