PahiloPost

Jan 29, 2022 | १५ माघ २०७८

भारतमा एकैदिन २ लाख ४७ हजार बढीमा देखियो कोरोना संक्रमण, ६०० बढीमा ओमोक्रन पुष्टि



पहिलोपोस्ट

भारतमा एकैदिन २ लाख ४७ हजार बढीमा देखियो कोरोना संक्रमण, ६०० बढीमा ओमोक्रन पुष्टि
PHOTO : TIMES OF INDIA

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा दैनिक संक्रमितको संख्य बढ्दै गएको हो। बुधवार १ लाख ९४ हजार ७२० जनामा संक्रमण देखिएको थियो। एकैदिन २७ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको हो।

यस्तै, थप ६२० जनामा ओमोक्रन भेरियन्ट देखिएको छ। हालसम्म भारतमा ५ हजार ४८ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।

संक्रमणका कारण थप ३८० जनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ४ लाख ८५ हजार ३५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell