PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

सुदूरपश्चिमले कर्णालीलाई दियो १ सय ५४ रनको लक्ष्य



पहिलोपोस्ट

सुदूरपश्चिमले कर्णालीलाई दियो १ सय ५४ रनको लक्ष्य
तस्बिर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा जारी पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो।

सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउँदा वसन्त कार्कीले २८, दीपक बोहोराले २५ तथा खडक बोहोराले २२ रनको महत्वपूर्ण योगदान दिए।

बलिङतर्फ कर्णालीका प्रकाश जैशीले सर्वाधिक ३ विकेट लिँदा रवीन्द्र शाही र दिवस पुनले समान २ विकेट तथा दिनेश अधिकारीले १ विकेट लिए।

कर्णाली प्रदेश केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell