PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

युवतीको हत्या गर्ने युवक २० वर्षपछि समातिए



पहिलोपोस्ट

युवतीको हत्या गर्ने युवक २० वर्षपछि समातिए

मङ्गलबारेः युवतीको हत्या गर्ने एक पुरुषलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।

सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले इलामबाट पक्राउ गरेको हो।

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए। इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको बताए।

घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठको दाबी छ। प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell