PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु



पहिलोपोस्ट

ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु

काठमाडौः भक्तपुरमा एक्कासि अचेत भएर लडेका युवकको मृत्यु भएको छ।

बुधवार राति मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ लोकन्थली घर भएका ३३ वर्षीय विराज खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उनी लोकन्थलीमा रहेको अरुष मल्लले सञ्चालन गरेको ट्याटु खोपाउने ठाउँमा पालो कुरेर बसिरहेको र एक्कासि लडेका थिए। उनलाई उपचारको लागि काठमाडौंको केएमसी अस्पतालमा लगेकोमा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell