PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

१७ वर्ष देखि हत्या अभियोगमा फरार रहेका युवकलाई साउदी अरेबियमा पक्राउ गरि नेपाल ल्याइयो



पहिलोपोस्ट

१७ वर्ष देखि हत्या अभियोगमा फरार रहेका युवकलाई साउदी अरेबियमा पक्राउ गरि नेपाल ल्याइयो

काठमाडौंः १७ वर्षअघि हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले साउदी अरेबियाबाट पक्राउ गरेर नेपाल ल्याएको छ। इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर बेलका नगरपालिका-६ ठेगाना भएका ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियाबाट बुधबार नेपाल ल्याइएको हो।

गोविन्दलाई साउदी अरेबियामा पक्राउ गरे पश्चात हत्या अभियोगमा कारबाही गर्न प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो। 

मगरले २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई मारेको अभियोगमा प्रहरीले जिल्ला अदालत उदयपुरबाट पक्राउ गर्ने अनुमति लिएको थियो। ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखा मार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते उनी उपर रेड नोटिस जारी गरिएको थियो।

मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell