PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

मकर मेलाका लागि सिंगारियो पनौतीको त्रिवेणीघाट क्षेत्र



पहिलोपोस्ट

मकर मेलाका लागि सिंगारियो पनौतीको त्रिवेणीघाट क्षेत्र

काठमाडौं : काभ्रेको पनौतीस्थित त्रिवेणीघाट क्षेत्रको रुप अहिले फेरिएको छ। ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेलाको तयारी स्वरुप त्रिवेणीघाटमा भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्वार तथा रङगरोगनको काम भइरहेको छ।

बाह्रवर्षे मकर मेला सुरु हुन अब दुई दिन मात्रै बाँकी छ। तर कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक मेला स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ। साथै, स्वास्थ्य मापदण्ड पालना गर्दै  एकपटकमा २५ जनाभन्दा बढीले स्नान गर्न नपाउने गरी व्यवस्था मिलाउने काम भइरहेको छ।

त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात गोरखनाथडाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ। नगरपालिकाले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलाको पानी कुलोमार्फत बाहिर फालेर पिउनयोग्य तथा स्नान गर्न मिल्ने बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell