PahiloPost

May 14, 2025 | १ जेठ २०८२

काठमाडौं उपत्यकामा दिनहुँ बढ्दै कोरोना संक्रमित, बजारको दृश्य भने यस्तो

काठमाडौं उपत्यकामा दिनहुँ बढ्दै कोरोना संक्रमित, बजारको दृश्य भने यस्तो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भइरहेको छ। ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढ्दै गएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५५३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। जसमध्ये काठमाडौं उपत्यकामा १९१६ जनामा संक्रमण देखिएको छ। यो आज पुष्टि भएको कुल संक्रमित मध्ये ५४ प्रतिशत हो।

आज काठमाडौंमा १ हजार ४४९ जना, ललितपुरमा ३१७ जना र भक्‍तपुरमा १५० जनामा संक्रमण देखिएको छ।

संक्रमण बढ्दै जाँदा तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ। तर, सडक र बजारमा भिड देखिन्छ। सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेपनि बजारमा भने कुनै पनि मापदण्ड पालना भएको देखिँदैन। अझ माघे संक्रान्तिको किनमेलका लागि असन, इन्द्रचोक, न्यूरोडमा मानिसको उल्लेख्य भिड छ।



ट्रेन्डिङ पोस्ट

Ncell