PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

लुम्बिनी प्रदेशसँग प्रदेश २ पराजित



पहिलोपोस्ट

लुम्बिनी प्रदेशसँग प्रदेश २ पराजित
तस्बीर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज सम्पन्न खेलमा प्रदेश २ लुम्बिनी प्रदेशसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा लुम्बिनी प्रदेशले ४२ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले ११९ रनमात्र बनाउन सक्यो।

सुरुवाती ब्याटिङ गरेको लुम्बिनीका लागि ठूलो स्कोर खडा गर्न देव खनालले अर्धशतकीय पारी खेले। उनले ३८ बलमा ४ चौका र २छक्काको सहायतामा ५४ रन बनाउँदा बसीर अहमद र सन्दीप रजालीले समान ३० रन बनाए। त्यस्तै शुसान्त थापाले १४ र शौरभ खनालले १० रन बनाए।

बलिङतर्फ प्रदेश २ का विवेक यादव र रुपेश सिंहले समान २/२ विकेट लिँदा हरिशंकर साह, मेहेबुब आलम र विशाल सुसलिङले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले ११९ रन मात्र बनाउन सक्यो। जसका लागि विवेक यादवले सर्वाधिक अविजित ३६ रन बनाउँदा सन्तोष कार्की र हरिकृष्ण झाले समान १४ रन बनाए। त्यस्तै मोहम्मद आदिल आलम र रुपेश सिंहले समान १३/१३ रन बनाउँदा मेहेबुब आलमले ११ रन बनाए।

प्रदेश २ लाई लक्ष्यसम्म पुग्न नदिन किफायती बलिङ गरेका अनिल खरेलले सर्वाधिक ५ विकेट लिँदा कृष्ण कार्की, सिद्धान्त शाही र बसीर अहमदले समान १/१ विकेट लिए।

जारी प्रतियोगितामा प्रदेश दुईको यो दोस्रो हार हो भने लुम्बिनीको पहिलो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell