PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउने वाग्मती प्रदेशको निर्णय



निशा गुरुङ

समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउने वाग्मती प्रदेशको निर्णय

हेटौंडाः वाग्मती प्रदेशमा समुदाय तहसम्म कोभिड -१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय भएको छ। कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहीबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड -१९ विरुद्धको खोप अभियान पुर्‍याउने निर्णय गरेको हो।

संयोजक मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा खोप लगाउने दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्‍याउन खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ।

‘कोभिड–१९ विरुद्धको खोप अभियानमा स्थानीय तहलाई पनि पहलकदमीका लागि अनुरोध गर्ने र त्यसका लागि ११९ स्थानीय तहका जनप्रतिनिधिसँग जुम मिटिङ गरिने भएको छ’, बैठकपछि स्वास्थ्यमन्त्री निमा लामाले भने।

प्रदेशका कतिपय स्थानीय तहमा लक्ष्यभन्दा कम जनसंख्याले खोप लगाएको तथ्यांकले देखाएकाले खोप अभियान गर्न लागिएको उनको भनाई छ।

उनका अनुसार यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिक स्थलमा खोप अभियान सञ्चालन गरिने भएको छ।

कोरोना संक्रमण दर नियन्त्रण र रोकथामका लागि जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्ने/गराउने निर्णय गरेको छ। यस्तै २५ जनाभन्दा बढी सहभागी भएर गरिने कार्यक्रममा रोक लगाउने, धार्मिकस्थलमा हुने नियमित पूजाबाहेकका गतिविधिलाई नियन्त्रण गर्ने, स्वास्थ्यकर्मीसहित कोरोनाविरुद्धको अभियानमा सक्रियहरुलाई प्रोत्साहनको काम गर्ने पनि निर्णय गरेको छ। फ्रन्टलाइनरहरुलाई प्राथमिकताका साथ कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि निर्देशक समितिले गरेको छ।

बैठकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम एवं उपचारका लागि निजी क्षेत्रसहित सबै पक्षसँग सहकार्य गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell