PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

वीरगंजको आधारभूत विद्यालयमा आगजनी



पहिलोपोस्ट

वीरगंजको आधारभूत विद्यालयमा आगजनी

वीरगंजः वीरगंज -३ प्रगतिनगरमा रहेको महानगरपालिका आधारभूत विद्यालयमा मंगलबार राति आगजनी र चोरी भएको छ। चोरी गर्ने समूहले सिसिटिभी क्यामेराको सेट भाँचेर कागजात जलाउनुको साथै विद्यालयको कम्प्युटर पनि चोरेर लगेको प्रधानाध्यपाक रामधार प्रसादले जनाए।

आगजनीमा ५ लाख रुपैयाँ बराबरको क्षति पुगको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुरली जालानले जनाए।

घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ।

विद्यालयमा यसअघि भएका गोप्य नियुक्तिको प्रमाण मेटाउन आगजनी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell