PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा पाँच जनाको दाबी



पहिलोपोस्ट

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा पाँच जनाको दाबी

काठमाडौंः नेकपा (एमाले) सिन्धुपाल्चोकको नेतृत्वको लागि ५ जनाले मनोनयन गरेका छन्। बिहीबारदेखि प्रारम्भ भएको निर्वाचन प्रक्रियामा अध्यक्षका लागि ५ जनाले मनोनयन गरेका हुन्।

मनोनयन गर्नेमा बालकृष्ण देउजा, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री र डोल्मा तामाङ छन्।

देउजा जिल्ला कमिटीका संयोजक हुन्। यस्तै, श्रेष्ठ जुगल गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष पनि हुन्। त्यस्तै क्षेत्री बलेफी गाउँपालिकाका अध्यक्ष हुन्। नेपाल लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell