PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रधानमन्त्री कपमा आज चार खेल­­



पहिलोपोस्ट

प्रधानमन्त्री कपमा आज चार खेल­­
फाइल फोटो: क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगितामा आज चार खेल हुँदैछन। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा समान २/२ खेल हुनेछन्।

कीर्तिपुरमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब बिहान ९ बजे आमनेसामने हुनेछन्। त्यस्तै दिउँसो १ बजे प्रदेश २ र वाग्मती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै मुलपानीमा हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा लुम्बिनी प्रदेश र एपीएफ भिड्नेछन्।

अंकतालिका को अघि?

प्रतियोगितामा ७ वटा प्रदेश तीन विभागीय टिम गरी कुल १० टीम छन्। जसलाई दुईवटा समूहमा बाँडिएको छ।

समूह ए: त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, प्रदेश १

समूह बी: नेपाल एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश

समूह ए मा २ खेलबाट ४ अंक जोडेको नेपाल पुलिस शीर्षस्थानमा छ भने दोस्रो स्थानमा तीन खेलबाट तीन अंक जोडेको त्रिभुवन आर्मी क्लब छ। त्यस्तै तेस्रो र चौथो स्थानमा समान २ अंक जोडेका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश छन् भने १ अंक जोडेको प्रदेश १ तालिकाको पुछारमा छ।

समूह बी मा ६ अंक जोडेको एपीएफ शीर्षस्थानमा रहँदा समान २ अंक जोडेका वाग्मती, लुम्बिनी र प्रदेश दुई दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। जितविहीन गण्डकी तालिकाको पुछारमा छ।

अगाडिको खेल तालिका

माघ १ गते २ खेल

प्रदेश १ भर्सेस नेपाल पुलिस (कीर्तिपुर)

वाग्मती भर्सेस गण्डकी प्रदेश (कीर्तिपुर)

माघ २ गते २ खेल

सदूरपश्चिम प्रदेश भर्सेस प्रदेश १ (कीर्तिपुर)

लुम्बिनी प्रदेश भर्सेस गण्डकी प्रदेश (कीर्तिपुर)

माघ ३ गते रेस्ट डे

माघ ४ गते सेमिफाइल

समूह ए को विजेता भर्सेस समूह बी को उपविजेता

समूह बी को उपविजेता भर्सेस समूह ए को विजेता

माघ ५ गते फाइनल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell