PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कुशल र दीपेन्द्रको अर्धशतकमा कर्णालीलाई पुलिसको विशाल लक्ष्य



पहिलोपोस्ट

कुशल र दीपेन्द्रको अर्धशतकमा कर्णालीलाई पुलिसको विशाल लक्ष्य
तस्बिर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी पहिलो खेलमा नेपाल पुलिस क्बलले कर्णाली प्रदेशलाई २४५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको हो।

पुलिसका लागि कुशल भुर्तेलले ३९ बलमा ९ चौका र ३ छक्काको सहायतामा सर्वाधिक ८२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २८ बलमा ९ चौका र २ छक्काको सहायतामा ६२ रन बनाए। त्यस्तै पवन सर्राफले २२ रन बनाउँदा कप्तान मञ्जित श्रेष्ठले १९ रन बनाए। त्यस्तै दीलिप नाथ ३१ रनमा अविजित रहँदा आरिफ शेख १८ रनमा अविजित रहे।

बलिङतर्फ कर्णालीका अनुज चुनरा, प्रकाश जैशी र रवीन्द्र शाहीले समान २/२ विकेट लिए।

कर्णाली जवाफी ब्याटिङमा उत्रिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell