PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

'ए मेरो हजुर ४' को टिजर सार्वजनिक, नयाँ वर्षमा रिलिज हुने



पहिलोपोस्ट

'ए मेरो हजुर ४' को टिजर सार्वजनिक, नयाँ वर्षमा रिलिज हुने

काठमाडौं : फिल्म 'ए मेरो हजुर ४' को टिजरसहित नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म आउँदो नयाँ वर्ष अर्थात २०७९ साल बैशाख १ गते रिलिज हुने तय भएको हो।

सार्वजनिक टिजरमा अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ। टिजरमा उनीहरुकै प्रेमदेखि विछोडसम्मको कथा समेटिएको छ।

फिल्ममा झरना थापाको निर्देशन रहेको छ। फिल्मको कथा झरना थापाले नै लेखेकी हुन्।

यसअघि चैत्र २५ लाई रिलिज मिति तोकिएको फिल्म अब एक सातापछि रिलिज हुने भएको छ। ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले निकै रुचाएका थिए। बक्स अफिसमा फिल्मले राम्रो व्यापार समेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell