PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हरिवंश आचार्यको नयाँ गीतले के सन्देश दिन्छ ?



पहिलोपोस्ट

हरिवंश आचार्यको नयाँ गीतले के सन्देश दिन्छ ?

काठमाडौं: कलाकार हरिवंश आचार्यको 'कर्कलो कोक्याउला' बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियो गज्जब टिभी यसट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको शब्दहरु कलाकार हरिवंशले लेखेका हुन्। गीतमा आचार्यकै संगीत र स्वर सुन्न सकिन्छ। उनले यस गीतमार्फत चेलि बेटी बेचबिखनविरुद्धको सन्देश दिएका छन्।

उनलाई गीतमा गायिका समिक्षा अधिकारीले पनि साथ दिएकी छिन्। गीतमा किरण तुलाधारले संगीत संयोजन गरेका छन्।

गीतको भिडियोमा हरिवंश आचार्यका र स्वस्तिमा खड्काका साथै श्याम पाण्डे, महेश त्रिपाठी, नविन लम्साल, रुक्मिला अधिकारी, विमल खड्काको अभिनय रहेको छ।

मानव सुवेदीले निर्देशन रहेको भिडियोमा सुशिल सापकोटाले छायाङ्कन रहेको छ। गीतको भिडियोमा पटकथा भने अभिनेत्री सुरक्षा पन्तको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell