PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रधानमन्त्री कप: नेपाल पुलिस क्लबको फराकिलो जित



पहिलोपोस्ट

प्रधानमन्त्री कप: नेपाल पुलिस क्लबको फराकिलो जित
तस्बिर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि फराकिलो जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा पुलिसले कर्णालीमाथि ८९ रनको फराकिलो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो। जवाफी ब्याटिङम उत्रिएको कर्णाली १५५ रनमा समेटियो।

पुलिसका लागि कुशल भुर्तेलले ३९ बलमा ९ चौका र ३ छक्काको सहायतामा सर्वाधिक ८२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २८ बलमा ९ चौका र २ छक्काको सहायतामा ६२ रन बनाए। त्यस्तै पवन सर्राफले २२ रन बनाउँदा कप्तान मञ्जित श्रेष्ठले १९ रन बनाए। त्यस्तै दीलिप नाथ ३१ रनमा अविजित रहँदा आरिफ शेख १८ रनमा अविजित रहे।

बलिङतर्फ कर्णालीका अनुज चुनरा, प्रकाश जैशी र रवीन्द्र शाहीले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीका लागि प्रकाश जैशीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६८ रन बनाउँदा कप्तान रवीन्द्र शाहीले र दिवस पुनले अविजित १७ तथा मनिष थापा र दिनेश अधिकारीले समान १५ रन बनाए।

बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान २/२ विकेट लिँदा करण केसी, गुलसन झा, पवन सर्राफ र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

जारी प्रतियोगितामा पुलिसको यो लगातार तेस्रो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell