PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

भारतमा एकैदिन थपिए २ लाख ६४ हजार कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा एकैदिन थपिए २ लाख ६४ हजार कोरोना संक्रमित
Photo : R.V. Moorthy / The Hindu

पछिल्‍लो २४ घण्टामा भारतमा २ लाख ६४ हजार २०२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, १ लाख ९ हजार ३४५ जना संक्रमण मुक्त भएका छन्। हाल भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख ७२ हजार ७३ रहेको छ। दैनिक संक्रमण दर १४. ७८ पुगेको छ।

पछिल्लो समय ओमोक्रन भेरियन्टको संक्रमण फैलिएसँगै डेल्टा भेरियन्टसँगै जुध्दै गरेको भारतमा संक्रमण ह्वात्तै बढेको हो। हाल भारतमा ५ हजार ७५३ जनामा ओमोक्रन पुष्टि भइसकेको छ।

यस्तै, थप ३१५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। यससँगै भारतमा ४ लाख ८५ हजार ३५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell