PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

ए डिभिजन लिग : दशरथ रंगशाला प्रवेश गर्न अब खोप कार्ड देखाउनुपर्ने



पहिलोपोस्ट

ए डिभिजन लिग : दशरथ रंगशाला प्रवेश गर्न अब खोप कार्ड देखाउनुपर्ने

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने खेलहरु हेर्न रंगशाला प्रवेश गर्न अब दर्शकहरुले कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड पेश गर्नुपर्ने भएको छ।  

कोरोना संक्रमणका कारण प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। प्रशासनले माघ ७ गतेबाट रंगशालासहित सार्वजनिक निकाय र स्थलमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ। अखिल नेपाल फुटबल संघले भने आजबाट नै रंगशाला प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको लिग निर्देशक सन्जीव मिश्रले जानकारी दिए।

खोप कार्ड अनिवार्य भनिएपनि अन्तिम समयमा निर्णय भएका कारण आजको पहिलो खेलमा भने खोप कार्ड चेक गरिएको थिएन। यद्यपि, एन्फाले भने दशर्कहरुलाई आफूहरुले स्वास्थ्य मापदण्ड पालना गर्न लगाएको र खोप कार्ड हेरेको दाबी गरेको छ।

आजबाट लिग अन्तर्गत नवौं चरणका खेलहरु सुरु भएको छ। लिगमा आज दुईवटा खेल हुँदैछन्। दशरथ रंगशालामा भइरहेको खेलमा हिमालय शेर्पा क्लब र एपीएफ भिडिरहेका छन्। दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र सातदोबाटो युथ क्लब साँझ पौने ५ बजे आमनेसामने हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell