PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

सुदूरपश्चिम प्रदेश आर्मीसँग पराजित, सोबको उत्कृष्ट प्रदर्शन



पहिलोपोस्ट

सुदूरपश्चिम प्रदेश आर्मीसँग पराजित, सोबको उत्कृष्ट प्रदर्शन
तस्बिर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। पिचको खराब अवस्थाका कारण बिहीवारको खेलमा प्रदेश १ सँग अंक बाँडेको आर्मीले आज सुदूरपश्चिमलाई ३ विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ३७ रन तथा बसन्त कार्कीले ३४ रनको योगदान दिएका थिए। त्यसबाहेक अर्जुन साउदले १५ रन बनाउँदा त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ आर्मीका विक्रम सोबले सर्वाधिक ६ विकेट लिँदा कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १/१ विकेट लिए।

जवाफी ब्याटीङमा उत्रिएको आर्मीका लागि हरि चौहानले सर्वाधिक ३३ रन बनाउँदा विक्रम सोबले अविजित २९ रन बनाए। त्यस्तै भीम सार्कीले १३, शाहब आलमले १२ र कुशल मल्लले ११ रनको योगदान दिए।

बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट लिँदा नारायण जोशी, शेर मल्ल र हेमन्त धामीले समान १/१ विकेट लिए।

जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोड्दै समूह तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको नेपाल पुलिसको ६ अंक छ। त्यस्तै तीन खेलबाट २ अंक जोडेको सुदूरपश्चिम तेस्रो स्थानमा छ।

समूह ए: त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, प्रदेश १

समूह बी: नेपाल एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell