PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

अपराजित एपीएफ सेमिफाइनलमा



पहिलोपोस्ट

अपराजित एपीएफ सेमिफाइनलमा
फाइल फोटो: क्यान

काठमाडौं: विभागीय टोली एपीएफ अपराजित रहँदै जारी प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा लुम्बिनी प्रदेशलाई हराएसँगै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो।

टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १२ ओभरमा लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको लुम्बिनीका लागि देव खनालले सर्वाधिक ४३ रन बनाउँदा शुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रन बनाए। बलिङतर्फ एपीएफका कमलसिंह ऐरी, किशोर महतो, अविनास बोहोरा र दीपक बोहोराले समान २/२ विकेट लिँदा कप्तान शरद भेषवाकरले १ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीको ओपनरहरुले राम्रो सुरुवात गरेका थिए। एपीएफका लागि आशिफ शेखले ४३ रन बनाउँदा प्रदीप ऐरीले ३६ रन जोडे। त्यस्तै सुन्दीफ जोरा ९ र लोकेस बम ७ रनमा अविजित रहे।

लुम्बिनीका लागि वसीर अहमदले २ विकेट र सिद्धान्त शाहीले १ विकेट लिए।

एपीएफले समूह चरणका सबै खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो। यसअघिका खेलमा गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश २ लाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell