PahiloPost

Aug 15, 2022 | ३० साउन २०७९

कोरोनाको बढ्दो प्रभाव: टेबलटेनिस प्रतियोगिता स्थगित



पहिलोपोस्ट

कोरोनाको बढ्दो प्रभाव: टेबलटेनिस प्रतियोगिता स्थगित
फाइल फोटो

काठमाडौं: काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगता कोरोना भाइरसको बढ्दो लहरका कारण स्थगित गर्नु परेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्। अध्यक्ष वज्राचार्यका अनुसार स्थिति अनुकुल भए प्रतियोगिता फागुन पहिलो सातामा गर्ने तयारी रहेको छ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता माघ १ देखि ८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने तय भएको थियो।

पछिल्लो केही हप्तायता नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। शुक्रवारमात्र ५ हजार ८७ जनामा सङ्क्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell