PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

उपाधि होडमा रहेको मनाङ मर्स्याङदी क्लब सातदोबाटोसँग पराजित



पहिलोपोस्ट

उपाधि होडमा रहेको मनाङ मर्स्याङदी क्लब सातदोबाटोसँग पराजित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब सातदोबाटो युथ क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोसँग २-१ गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफमा सातदोबाटोका मार्टिन एडेल्फ सिलो नान्गा र अजयी मार्टिन्सले गोल गरेका थिए। ११ औं मिनेटमा एडेल्फ सिलोको गोलमा अग्रता बनाएको सातदोबाटोका लागि ३८ औं मिनेटमा प्रशान्त अवस्थीको पासमा अजयी मार्टिन्सले गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफमा मनाङका ओलावाले अफीजले गोल फर्काए पनि खेलमा फर्कन त्यो गोल पर्याप्त हुन सकेन। अफीजले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए।

त्यसबाहेक पनि दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि गोल गर्न चुकेका थिए।

६८ औं मिनेटमा अवस्थीको पासमा दीपकराज सिंह ठकुरी वना भर्सेस वानको अवस्थामा चुकेका थिए।

मनाङको पराजयले लिग लिडर मछिन्द्र क्लबलाई राहत मिल्नेछ भने मनाङको उपाधि होड भने कठिन बन्ने देखिन्छ। अर्कोतर्फ जितसँगै सातदोबाटो १२ अंक जोडेर अंकतालिकाको छैठौं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell