PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

लिपुलेक प्रकरणबारे सरकारले तुरुन्तै विरोध जनाओस्ः श्रेष्ठ



पहिलोपोस्ट

लिपुलेक प्रकरणबारे सरकारले तुरुन्तै विरोध जनाओस्ः श्रेष्ठ

काठमाडौँः नेकपा (माओवादी केन्द्र) का अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले लिपुलेक प्रकरणमा सरकारले तत्काल विरोध जनाउनुपर्ने बताएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठले सडक निर्माणको घोषणाको विरोध गरेका छन्।

विज्ञप्तिमा श्रेष्ठले भनेका छन्, ‘यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा हामी दुःखी छौँ। नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माण कार्य बन्द गराउन कूटनैतिक पहल गरोस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell