PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भारतमा थपिए २ लाख ६८ हजार बढी कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा थपिए २ लाख ६८ हजार बढी कोरोना संक्रमित
Photo : Getty Images

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६८ हजार ८३३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। शुक्रवारभन्दा ४ हजार ६३१ जना बढीमा आज संक्रमण देखिएको हो। यस्तै,  १ लाख २२ हजार ६८४ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार ८२० पुगेको छ।

ओमोक्रन भेरियन्ट फैलिएसँगै हाल भारतको दैनिक सक्रिय संक्रमित दर १६. ६६ प्रतिशत पुगेको छ। भारतमा ६ हजार ४१ जनामा ओमोक्रन पुष्टि भइसकेको छ।

यस्तै, थप ४०२ जनाको मृत्यु भएको छ। यससँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७५२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell