PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्यो



पहिलोपोस्ट

महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्यो

काठमाडौं : महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्दै गएको छ। गएका केही वर्षदेखि महिला हिंसाका घटना उकालो लागेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।

केही दिनअघि अन्धविश्वासको कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिकाको मृत्यु समेत भएको घटना बाहिरिएको छ। ठकुरीले झारफुक गर्ने क्रममा त्रिशुलले शरीरमा घोचेपछि बालिका बेहोस भएकी थिइन्। बेहोस भएकी बालिकालाई उपचारको लागि मनमोहन मेमोरियल अस्पतालमा ल्याइएकोमा बालिकाको मृत्यु भएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय उमा शाही ठकुरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा बोक्सीसँग जोडिएका २५ वटा घटना प्रहरीमा दर्ता भएको देखिएको छ।

त्यस्तै, महिला तथा बालबालिका सम्बन्धी हुने घरेलु हिंसा पनि बढेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा यस्ता घटना २६ प्रतिशतले बढेको छ। पाँच महिनामा देशरभर ७ हजार ३ सय २९ वटा घटना प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ५ हजार ७ सय ८६ वटा घटना दर्ता भए। धेरै जसो यस्ता घटना त प्रहरीसँग पनि पुग्दैनन्।

आर्थिक वर्ष २०७७/७८ मा १४ हजार २ सय ३२ वटा घरेलु हिंसाका घटना प्रहरीको फायलमा रेकर्ड भएका छन्। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशतभन्दा बढी हो। आर्थिक वर्ष २०७६/७७ मा ११ हजार ७ सय ३८ वटा घटना प्रहरीमा दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell