PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सुस्ताइरहेका शेर, म्याउँम्याउँ महामन्त्री ...



पहिलोपोस्ट

सुस्ताइरहेका शेर, म्याउँम्याउँ महामन्त्री ...

कोरोना कहरको पहिलो लहरमा भारतले नेपाली भूमिमा सडक बनाएर त्यसको उद्‌घाटन गर्‍यो। नेपालभर भारतको कदमको विरोध भयो। तत्‍कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले 'काउन्टर'मा भारतले अतिक्रमण गरेको नेपाली भूमि, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्‍यो। भारत र नेपालमा सीमा बारे चर्को बहस भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मौन थिए। पछि नक्सालाई 'ऐतिहासिक प्रमाण बिनाको' भन्दै भारतले अस्वीकार गर्‍यो। तर, मोदीले कहिलै विवादको विषयमा मुख खोलेनन्।

अहिले दुवै देश कोरोनाको तेस्रो लहरसँग जुधिरहेको छन्। यस लहरमा फेरिएको छ त नेपालमा सरकारको नेतृत्व। ओलीको ठाउँमा आएका छन् शेरबहादुर देउवा। अनि फेरिएको छ मोदीको बोली। त्यत्रो विरोध भइरहँदा एक शब्द नबोलेका मोदीले अहिले खुलेर 'लिम्पियाधुरा'मा सडक निर्माण भइरहेको घोषणा गरेका छन्।

अहिले मौन बस्ने पालो देउवाको बनेको छ। मोदी आफैँले नेपालको भूमिमा सडक बनाइरहेको बताए पनि देउवा चुप छन्। उनलाई मोदीलाई जवाफ फर्काउन दबाब बढ्दो छ। उनकै दल भित्रका नेताहरुले समेत देउवालाई बोल्न भनिरहेका छन्। तर कांग्रेस सभापति समेत रहेका देउवा बोल्ने 'मुड' मा छैनन्। उनकै पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले वक्तव्य जारी गरे पनि त्यो शेरका अघिल्तिर म्याउँमात्र बन्न पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell