PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

त्रिभुवन विश्वविद्यालयको निर्णय : माघ १० गतेसम्म विदा, भौतिक उपस्थितिमा भइरहेको परीक्षा भने नरोकिने



पहिलोपोस्ट

त्रिभुवन विश्वविद्यालयको निर्णय : माघ १० गतेसम्म विदा, भौतिक उपस्थितिमा भइरहेको परीक्षा भने नरोकिने
FILE PHOTO

काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट संचालन भइरहेको परीक्षा नरोकिने भएको छ। विश्वविद्यालयको कार्यकारी परिषदको शुक्रवार बसेको बैठकको निर्णयबारे जानकारी गराउँदै रजिष्ट्रारको कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमै भइरहेको परीक्षा यथावत् संचालन हुने जनाएको हो।

परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गर्दै परीक्षा संचालन हुने कार्यालयले जनाएको छ।

यस्तै, माघ १० गतेसम्म विश्वविश्द्यालय अन्तर्गतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुले हिउँदे र वर्षे विदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीलाई हिउँदे र वर्षे विदाबाट मिलान हुने गरी माघ १० गते सम्म विदा दिने निर्णय समेत गरेको छ।

परीक्षा नजिकिएको र पाठ्यक्रम नसकिएका विषयको भने विदाका दिनहरुमा पनि अनलाइन कक्षा गर्ने व्यवस्था मिलाउन कार्यालयले भनेको छ। यस्तै, स्थानीय निकायसँग समन्वय गरी भौतिक उपस्थितिमा कक्षा लिने अवस्था भए सोही अनुसार कक्षा व्यवस्थान गर्ने र नभएमा अनलाइन कक्षा संचालन गर्ने निर्णय समेत विश्वविद्यालयले गरेको छ।

त्रिविले कुनै शिक्षा वा कर्मचारीलाई कोरोना संक्रमण देखिए १० दिन विदा दिने निर्णय समेत गरेको छ। यसरी संक्रमित भेटिएको शाखा तीन दिन बन्द हुने कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell