PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

अपराजित आर्मीको सहज जित, फ्रेन्ड्स क्लबको पराजित यात्रा जारी



पहिलोपोस्ट

अपराजित आर्मीको सहज जित, फ्रेन्ड्स क्लबको पराजित यात्रा जारी
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेम्जन र सुमन अर्यालले गोल गरे। फ्रेन्ड्स क्लबका लागि जमल एन्थोनीले सान्त्वना गोल गरे।

खेलको १० औं मिनेटमा जगजित श्रेष्ठको गोलमा अग्रता बनाएको आर्मीका लागि दोस्रो गोल हेम्जनले ४५ औं मिनेटमा गरेको थियो। खेलमा आर्मी हावि देखिए पनि दुबै टोलीले गोलका लागि सुनौला अवसरहरु बनाएका थिए।

दोस्रो हाफको सुरुमै फ्रेन्ड्स क्लबका एन्थोनीले गोल फर्काए। उनले आर्मीको डिफेन्डर र गोलकिपरबीचको असमझदारीको फाइदा उठाउँदै काउन्टरमा गोल गरे। त्यसपछि खेल बराबरीमा ल्याउन फ्रेन्ड्सले प्रयास राम्रै गरे पनि उल्टै आर्मीले अर्को गोल थप्यो। खेलको ७१ औं मिनेटमा जगजितको कर्नरमा हेडिङमा मार्फत गोल गर्दै सुमन आर्मीलाई सुरक्षित अवस्थामा पुर्‍याए।

जितसँगै १७ अंक जोडेको आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने जारी लिगमा जित निकाल्न नसकेको फ्रेन्ड्स क्लब ३ अंक जोडेर तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell