PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

सामान्य बिरामीलाई अस्पताल नआउन भरतपुर अस्पतालको आग्रह



पहिलोपोस्ट

सामान्य बिरामीलाई अस्पताल नआउन भरतपुर अस्पतालको आग्रह

काठमाडौं : भरतपुर अस्पतालले स्वास्थ्य अवस्था सामान्य भएको बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ। जिल्लामा कोभिड १९ संक्रमण बढेको भन्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्।

'सामान्य र पछि जाँच गराउँदा पनि हुने प्रकृतिका बिरामी अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुन्छ' विज्ञप्तिमा भनिएको छ।

भरतपुर अस्पतालमा पछिल्लो दुई दिन गरिएको परीक्षणमा संक्रमण दर ह्वात्तै बढेको छ। पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जना अर्थात ५५ प्रतिशतमा पोजिटिभ देखिएको जनाइएको छ। त्यस्तै, पुस ३० गतेको १८६ जनामा गरिएको परीक्षणमा ११५ जना अर्थात ६१.२५ प्रतिशतमा पोजेटिभ देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell