PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

थप ४६३६ जनामा देखियो कोरोना संक्रमण, चारजनाको मृत्यु



पहिलोपोस्ट

थप ४६३६ जनामा देखियो कोरोना संक्रमण, चारजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनाको कोभिड १९ परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण देखिएको छ। यस्तै, ३५० जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ।

संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ६१७ जना संक्रमितको मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell