PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

काठमाडौं उपत्यकामा थप २२१९ जनामा देखियो कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२ हजार बढी



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा थप २२१९ जनामा देखियो कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२ हजार बढी

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्‍यकामा २ हजार २१९ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

आज पुष्टि भएको कुल संक्रमितको मध्ये यो ४७. ८६ प्रतिशत हो। आज १४ हजार ५५६ जनाको कोभिड १९ परीक्षण गर्दा देशभर ४ हजार ६३६ जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ५९१ जनामा, ललिपुरमा ४८६ जनामा र भक्तपुरमा १४२ जनामा संक्रमण देखिएको हो।

पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएसँगै सक्रिय संक्रमितको संख्या १२ हजार नाघेको छ। हाल काठमाडौंमा ९ हजार ६१ जना, ललितपुरमा २ हजार ३८२ जना र भक्तपुरमा १ हजार ३७१ जना गरी कुल १२ हजार ८१४ जना सक्रिय संक्रमित रहेका छन्।

आजसम्म देशभर २१ हजार ५८४ सक्रिय संक्रमित छन्। कुल सक्रिय संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५९ प्रतिशत संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell