PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

लागुऔषध गाँजासहित मलेखु बजारबाट दुई जना पक्राउ



रासस

लागुऔषध गाँजासहित मलेखु बजारबाट दुई जना पक्राउ

धादिङ : गजुरी गाउँपालिका-२ मलेखु बजारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिवार बिहान पक्राउ गरेको छ। प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागुऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका-२ मजुवाडाँडाका २१ वर्षीय सुन्दर तामाङ र १९ वर्षीय किसान परियार रहेका छन्। तामाङले बोकेको पछाडि भिर्ने झोलाभित्र चार किलो २०० ग्राम र परियारले बोकेको कालो लेदरको जस्तो देखिने पछाडि भिर्ने झोलाभित्र तीन किलो ९३० ग्राम लागुऔषध गाँजा फेला परेकाले लागुऔषध गाँजा बरामद गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

पृथ्वी राजमार्गबाट ताल्ती आउने जाने सडकखण्डमा पृथ्वी राजमार्गको दक्षिण किनारामा झोला बोकी काठमाडौँबाट मुग्लिनतर्फ जाने गाडी कुरी बसिरहेको अवस्थामा प्रहरी टोली देखेपश्चात शङ्कास्पद व्यवहार देखाएकाले उनीहरूले बोकेको झोला र शरीरसमेत खानतलासी लिँदा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूलाई प्रतिबन्धित लागुऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell