PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु



रासस

सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु

सप्तरी : सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ। स १ त २७६ नम्बरको ट्र्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका-६ स्थित कोसीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

ट्र्याक्टरका चालक खाना खाइरहेको बेला ट्र्याक्टर गुडाएर सदा माटो लिन गएका थिए। सोही क्रममा ट्र्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

ट्र्याक्टर पल्टिएर पानीमा डुबेको शव प्रहरीले आज बाहिर निकालेको छ। मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ। ट्र्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell