PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

संकटाको अपराजित यात्रा रोकियो, थ्री स्टार शीर्ष चारमा



पहिलोपोस्ट

संकटाको अपराजित यात्रा रोकियो, थ्री स्टार शीर्ष चारमा
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकिएको छ। लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले १-० गोलअन्तरले हराएसँगै ८ खेलको अपराजित यात्रा संकटा क्लबले टुंगाएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा निर्णायक गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गराएका हुन्।

जितसँगै ९ खेलबाट १६ अंक जोडेको थ्री स्टार अंकतालिकाको चौथो स्थानमा छ भने १४ अंक जोडेको संकटा पाँचौं स्थानमा छ। आजै सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई ३-१ गोलअन्तरले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell