PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दोस्रो स्थानको चेल्सीलाई सिटीले हरायो, शीर्ष स्थानमा सिटीलाई १३ अंकको अग्रता



पहिलोपोस्ट

दोस्रो स्थानको चेल्सीलाई सिटीले हरायो, शीर्ष स्थानमा सिटीलाई १३ अंकको अग्रता
Photo: Reuters

इङग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले चेल्सीलाई १-० को गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुइनले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरे। अर्कोतर्फ चेल्सीले पनि खेलमा केही सुनौला अवसर बनाएको थियो। रोमेलु लुकाकुको उत्कृष्ट प्रहारलाई सिटीका गोलकिपर एडरसनले बचाएका थिए।

जितसँगै सिटीले २२ खेलबाट ५६ अंक जोडेको छ भने समान खेलबाट ४३ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको लिभरपुलको ४२ अंक छ। सिटीको दोस्रो स्थानको चेल्सीको भन्दा १३ र तेस्रो स्थानको लिभरपुलको भन्दा १४ अंक बढी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell