PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड



पहिलोपोस्ट

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग बराबरीमा रोकिएको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोलीसँग २-२ गोलअन्तरको बराबरीमा रोकिएको हो।

खेलको छैटौं मिनेटमै एलेक्स टेलेसको पासमा ब्रुनो फर्नान्डेजले युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युनाइटेडका लागि दोस्रो हाफमा फेरि फर्नान्डेजले नै गोल थपे। खेलको ६७ औं मिनेटमा फेडेरिको रोड्रिगेज फ्रेडको पासमा गोल गरे। तर, त्यसपछि घरेलु टोलीले खेलमा पुनरागमन गर्न सफल भयो। खेलको ७७ औं मिनेटमा ज्याकोब रामसे र ८१ औं मिनेटमा उनकै पासमा फिलिपे काउन्टिन्होले गोल गर्दा खेल बराबरीमा रोकियो।

गएराति सम्पन्न अर्को खेलमा लिग लिगर म्यानचेस्टर सिटीले दोस्रो स्थानको चेल्सीलाई हराएको थियो। योसँगै ५६ अंक जोडेको चेल्सी शीर्षस्थानमा रहँदा ४३ र ४२ अंक जोडेको चेल्सी र लिभरपुल दोस्रो र तेस्रो स्थानमा छन्। म्यानचेस्टर युनाइटेड भने ३२ अंक जोडेर तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell