PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रधानमन्त्री कपमा आज दुई खेल: पहिलो खेलमा सुदूरपश्चिमलाई प्रदेश १ को चुनौती



पहिलोपोस्ट

प्रधानमन्त्री कपमा आज दुई खेल: पहिलो खेलमा सुदूरपश्चिमलाई प्रदेश १ को चुनौती
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट राष्ट्रिय प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ आमनेसामने हुँदैछन्। समूह ए मा तीन खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा छ भने १ अंक जोडेको प्रदेश १ तालिकाको पुछारमा छ। खेल बिहान ९ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुनेछन्। समूह बी मा २ अंक जोडेको लुम्बिनी प्रदेश तालिको चौथो स्थानमा छ भने अंकविहीन गण्डकी प्रदेश तालिकाको पुछारमा छ। खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell