PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लिग लिडर मछिन्द्रलाई ब्रिगेडको चुनौती, रेलिगेशन जोनबाट माथि उठ्ने च्यासललाई अवसर



पहिलोपोस्ट

लिग लिडर मछिन्द्रलाई ब्रिगेडको चुनौती, रेलिगेशन जोनबाट माथि उठ्ने च्यासललाई अवसर
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा लिग लिडर मछिन्द्र क्लबलाई ब्रिगेड ब्वाइज क्लबले चुनौती दिनेछ। शीर्षस्थानको होडमा रहेको अर्को टोली मनाङ मर्स्याङदी क्लबले नवौं चरणमा सातदोबाटो युथ क्लबसँग पराजय ब्यहोरेपछि मछिन्द्रलाई अंकदुरी बढाउने अवसर छ। ८ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा मछिन्द्र रहँदा दोस्रो स्थानको मनाङले ९ खेलबाट १९ अंक जोडेको छ। आजको खेलमा जित निकाल्न सके शीर्षस्थानमा ४ अंकको अग्रता बनाउने छ मछिन्द्रले। 'हाम्रो तयारी राम्रो छ। ग्याप पाएका छौं। बीबीसी विरुद्ध तयारी समय मिलेको छ। टफ फाइट गरेको छ उनीहरुले। पुलिससँग पनि राम्रो खेलेको छ। लिग टाइटलका लागि ड्र या पराजयमा जानु हुँदैन। बीबीसीसँग म्याच एकदम महत्वपूर्ण हुन्छ।' मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने।

अर्कोतर्फ ब्रिगेड ब्वाइज रेलिगेशनको जोखिमबाट माथि उठ्न सकेको छैन। ८ खेलबाट १ जित, तीन बराबरी र ४ पराजय ब्यहोरेको ब्रिगेडको अंकतालिकामा ६ अंक छ। र, अंकतालिकामा १२ औं स्थानमा छ।

मछिन्द्र र ब्रिगेड दिउँसो १ बजे प्रतिस्पर्धामा उत्रने छन्।

त्यस्तै आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्बल आमनेसामने हुँदैछन्। च्यासलका दुई जना खेलाडीलाई कोरोना संक्रमण भएको क्लबका पदाधिकारीहरुले बताइसकेका छन् भने अझै बढी खेलाडी संक्रमित रहेको बुझिएको छ। रेलिगेशन जोनामा रहेको च्यासलले ८ खेलबाट ५ अंक जोडेको छ। आजको खेलमा जित निकाल्न सके १० औं स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्नेछ। अर्कोतर्फ नेपालको घरेलु फुटबलमा गौरवमय इतिहास बोकेको नेपाल पुलिस क्बल पनि जितको खोजीमा रहने छ। ८ खेलबाट ७ अंक जोडेको पुलिस तालिकाको ११ औं स्थानमा छ।

पुलिस र च्यासल साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell