PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

वीरगंजलाई राजधानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडि प्रदर्शन



पहिलोपोस्ट

वीरगंजलाई राजधानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडि प्रदर्शन

वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतको वीरगंज–१३ तेजारथटोलस्थित घर अगाडि प्रदर्शन भएको छ।

प्रदेश २ को स्थायी राजधानी वीरगंजलाई बनाउन माग गर्दै युवा विद्यार्थीहरुले आइतवार विहान प्रदर्शन गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता राजेशमान सिंहको नेतृत्वमा प्रदर्शन भएको हो।

'वीरगंजलाई राजधानी बनाउ अभियान' अन्तर्गत मुख्यमन्त्रीको घर घेराउ गर्दै प्रदर्शन गरिएको नेताहरुले बताएका छन्। जिल्ला समन्वय समिति पर्साबाट निस्केको जुलुशले उनको घरमा पुगेर घर घेराउ गर्दै नाराबाजी गर्दै प्रदर्शन गरेको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell