PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित, भोलि होला त प्रतिनिधि सभा बैठक ?



पहिलोपोस्ट

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित, भोलि होला त प्रतिनिधि सभा बैठक ?
File Photo

काठमाडौं : राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। सोमवारका लागि बोलाइएको बैठक अनिश्चित कालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका महासचिव डा.भरत राज गौतमले विषेश कारणवस बैठक स्थगित भएको जानकारी दिए।

यता, प्रतिनिधि सभाको बैठक भने सोमवारका लागि बोलाइएको छ। पछिल्लो समय नेकपा एमालेले दुवै सदन अवरुद्ध गर्दै विरोध गर्दै आइरहेको छ। एमालेले हिउँदे अधिवेशनको सुरुदेखि नै बैठकमा विरोध जनाउँदै आएको हो। माधवकुमार नेपाल लगायतका सांसदलाई कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा नभएसम्म संसद बैठकमा अवरोध कायमै रहने एमालेले बताउँदै आएको छ।

हाल देशभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा संसद भवन के हुने हो भन्ने अन्यौल सिर्जना भएको छ।

यसअघि पुस २८ गतेका लागि तोकिएको राष्ट्रियसभा बैठक माघ ३ गते सम्मका लागि सारिएको थियो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटैरै अवरोध हटाउन आग्रह गरेपनि अवरोध कायमै रहने एमालेले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell