PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

पशुपति धर्मशालाको निरीक्षणपछि मन्त्री आले: 'केही काम अनुमति नलिई भएको देखियो, भोलिसम्म प्रतिवेदन कुर्नुहोस्'



पहिलोपोस्ट

पशुपति धर्मशालाको निरीक्षणपछि मन्त्री आले: 'केही काम अनुमति नलिई भएको देखियो, भोलिसम्म प्रतिवेदन कुर्नुहोस्'

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्। निरीक्षण गर्दा केही अनुमति लिएर गर्नु पर्ने काम समेत नभएको मन्त्री आलेले बताए।

आज बिहान गौशाला स्थित धर्मशालामा पुगेर मन्त्री आले निरीक्षण गर्न पुगेका थिए। बतास अर्गनाइजेनले सञ्चालन गरेको धर्मशाला महँगो भाडामा होटेल चलाएको गुनासो आएपछि मन्त्री आले धर्मशाला निरीक्षणमा पुगेका हुन्।

'कतिपय कोठाहरू प्राइभेटलाई दिएको रहेछ। त्यो दिनै नमिल्ने कामहरू भएको रहेछ। कतिपय कुराहरू पशुपति क्षेत्र विकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरू पनि नगरिएको देखियो,' मन्त्री आलेले भने।

सोमबार प्रतिवेदन निकाल्ने र त्यसपछि अगाडी बढ्ने मन्त्री आलेले बताए। नारायणहिटीमा संग्रालयमा बन्दै गरेको रेस्टुराँ रोक्न आदेश दिएसँगै मन्त्री आले चर्चामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell