PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

देशका ८ जिल्ला 'रेड जोन'मा, कहाँ कहाँ कति छन् संक्रमित?



पहिलोपोस्ट

देशका ८ जिल्ला 'रेड जोन'मा, कहाँ कहाँ कति छन् संक्रमित?

काठमाडौं : पछिल्लो समय कोभिड १९ को ओमोक्रन भेरियन्ट फैलिएसँगै देशभर संक्रमितको संख्या बढ्दै गएको छ। निकै संक्रामक भनिएको ओमोक्रन फैलिएसँगै देशभर कोभिड १९ को जोखिम फेरि बढेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल आठ जिल्ला 'रेड जोन' मा छन्। सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको जिल्लालाई मन्त्रालयले 'रेड जोन' मा राखेको हो।

'रेड जोन'मा प्रदेश १ बाट मोरङ र सुनसरी छन्। मोरङमा हाल ९ सय ६७ जना संक्रमित छन् भने सुनसरीमा ६ सय २२ जना संक्रमित छन्।

वाग्मती प्रदेशका चार जिल्लामा ५ सयभन्दा बढी संक्रमित छन्। काठमाडौं, ललितपुर, भक्तपुर र चितवन कोरोनाको तेस्रो लहरबाट सबैभन्दा बढी प्रभावित छन्। काठमाडौंमा हाल ९ हजार ६३, ललितपुरमा २ हजार ३ सय ८२ र भक्तपुरमा १ हजार ३ सय ७१ जना संक्रमित छन्। यस्तै, चितवनमा ६ सय ३५ जना संक्रमित छन्।

गण्डकीमा कास्की जिल्लामात्रै 'रेड जोन' मा छ। यहाँ हालसम्म ८ सय ११ जना सक्रिय संक्रमित छन्।

सुदूरपश्चिम प्रदेशको कैलाली पनि 'रेड जोन'मा छ। कैलालीमा हाल ५ सय ५३ सक्रिय संक्रमित छन्।

यस्तै, लुम्बिनी प्रदेशको बाँके र रुपन्देही, गण्डकी प्रदेशको नवलपुरासी पूर्व, वाग्मती प्रदेशको  मकवानपुर र काभ्रे, प्रदेश २ को धनुषा र प्रदेश १ को झापामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell